काठमाण्डौ । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बजार बन्द भएको छ । यस अघिका २ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।
नेप्से बढे पनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । आज नेप्से परिसूचक १३ अंकले बढेर समग्र बजार २३५७ विन्दुमा पुगेको छ भने कारोबार रकम १ अर्ब ३२ करोडमा सिमित भएको छ ।
२२९ कम्पनीहरुको शेयर खरिद बिक्री हुँदा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५१ कम्पनीको भने घटेको छ त्यस्तै बाँकी कम्पनीहरुको भने यथावत रहेको छ । नेप्सेका आज सबै उपसूचकमा हरियाली भएको छ भने बीमा समूहको उपसूचक सबै भन्दा धेरे बढेको छ । नबिल बैंकको शेयर धेरै मूल्यमा खरिद बिक्री हुँदा २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।