कालिञ्चोक केबलकारले १२ करोडको आइपिओ जारी गर्दै

दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। 

कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

लिमिटेडका कार्यकारी अधिकृत अशोक शिवाकोटीले १२ लाख कित्ता बराबरको आइपिओ चार महिनाभित्र जारी गर्न लागेको सेतोपाटीलाई जानकारी दिए। 

उनकाअनुसार स्थानीय बासिन्दालाई १० प्रतिशत र बाँकी सर्वसाधारणलाई आइपिओ साधारण सेयर निष्काशन गर्न लागिएको हो। 

कम्पनीले सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

प्रतिक्रिया