आइरल्यान्ड माथि नेपालको शानदार जित

काठमाडौँ । आज सम्पन्न पहिलो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती 

पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

 जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

प्रतिक्रिया