घट्दै छ कोरोना संक्रमण,यस्तो छ पछिल्लो अपडेट

पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको कोरोना परीक्षण हुँदा ९५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ । 

यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३११ जना छन् । काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय