काठमाडौंको चप्पलकारखानामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंँ - काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ ।  

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए  । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया