पछिल्लो २४ घण्टामा ३९३५ जना निको, १० को मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । 
यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् । 

प्रतिक्रिया