साताको पहिलो दिन प्रिओपन सेसन मै घट्यो नेप्से

काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक आइतबार प्रिओपन सेसनमा समेत ४ अङ्कले घटेको छ । 

योसँगै समग्र बजार २१०९ विन्दुमा झरेको छ । २५ भन्दा धेरै कम्पनीहरूको शेयर किनबेच भएकोमा ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । 

यो सेसनमा आज नबिल बैंकको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । नेप्सेका उपसूचक सबैमा रातो पोतिँदा बीमा र लघुवित्तमा भने सामान्य सुधार आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय