फेरि घट्यो इन्धनको मूल्य,सार्वजनिक यातायातको भाडा घटाउन दबाब

काठमाण्डौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम भएको छ।

सार्वजनिक यातायातको भाडा घटाउन दबाब

पटक पटक मूल्य घट्दा पनि भाडा समायोजन गर्न आनाकानी गरिरहेका यातायात व्यवसायीहरुले यो पटक भने भाडा घटाउनै दबाबमा छन् । 

मूल्य बढ्दा दुई दिन भित्र भाडा समायोजन गर्ने व्यवसायीहरु मूल्य घट्दा भने मौन बस्ने गरेका छन् । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय