समता घरेलु लघुवित्तले एफपीओ निस्कासन गर्ने


काठमाडौं– समता घरेलु लघुवित्त वित्तिय संस्थाले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निस्कासन गर्ने लागेको हो ।


लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्गलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो । समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरी दुवै संस्था गाभिएका थिए ।


दुई संस्था गाभिएपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँ छ । यसको  २० प्रतिशत वोनस शेयरपछि चुक्ता पूँजी  ३४ करोड २७ लाख रुपैयाँ पुगेको थियो ।


एफपीओ भनेको के हो ?
कुनै पनि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात आईपीओ जारी गरे पश्चात सूचीकरण भैसकेको संगठित संस्थाले आफ्नो पुँजी वृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न सक्छ र यसलाईनै एफपीओ भनिन्छ ।  यो निष्काशन गर्नका मुख्य कारण संगठित संस्थाले आफ्नो व्यवसाय वृद्धि वा विस्तार गर्न नै हो ।

हाम्रो सन्र्दभमा सूचीकृत संगठित संस्थाको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक सेयरधनीको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको हुने प्रावधान रहेको हुनाले पनि उक्त अनुपात कायम नभएमा सो पुँजी कायम गर्न सूचीकृत संगठित संस्थाहरूले एफपीओ निष्काशन गर्छन् ।
 

प्रतिक्रिया