बाग्लुङ्ग गैरागाउँ–काठमाडौं विश्वकर्मा समाजको आजिवन सदस्य भेला तथा प्रथम अधिवेशन सम्पन्न

रमेश सेन्चुरी/काठमाडौं - भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानद्धारा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार चक्रपथमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् संघीय सांसद रणेन्द्र बराईलीलाई सम्मान गरिएको हो । बराईलीले सम्मान कार्यक्रममा बोल्दै भगत सर्वजित विश्वकर्माले गरेका योगदान र ईतिहासलाई बिर्सन नहुने धारणा राखेका छन् । सर्वजित विश्वकर्माले दलित समुदायको उत्थानका लागि पु¥याएको योगदानलाई विश्वव्यापी रुपमा परिचित गराउनुपर्ने उनले बताएका थिए । सर्वजित विश्वकर्माको नाममा हाल बाग्लुङ्गमा सञ्चालित विश्वकर्मा माध्यमिक विद्यालयलाई विश्वविद्यालय स्तरोन्नती गर्नुपर्ने समेत बताएका थिए । दलित समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको सम्झदै विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बराईलीले बताएका थिए । तत्कालिन कठिन अवस्था र जहाँनिया राणा शासनकालमा समाजमा रहेको थिचोमिचो, जात व्यवस्था र छुवाछुतजस्ता कुरीतीविरुद्ध डटेर विरोध गर्ने पहिलो व्यक्ति भगत सर्वजित विश्वकर्मा जस्तै हुन सकिएन भने दलित समुदाय हेपिन नछाड्ने उनले बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष रामकृष्ण सुनारले भगत सर्वजति विश्वकर्माको नाममा सिनेमा बनाएर जनचेतना दिईने बताएका थिए । परम्परागत समाजको बास्तविकता, छुवाछुत र जातिय विभेदप्रति विश्वकर्माको नेतृत्वमा भएको विरोध समेटेर सिनेमा बनाईने उनले बताएका थिए । सिनेमा बनाएपछि भावि पुस्ताले विगतमा आफ्ना पुस्ताले जातिय विभेद विरुद्ध गरेको संघर्षको ज्ञानले अध्ययन अनुसन्धानमा निकै सहज हुने उनले बताएका थिए । सिनेमा बनाउनका लागि आवश्यक बजेटको पूर्ति सँगै सिनेमा निर्माणको काम गरिने उनले बताएका थिए । कार्यक्रमको अवसरमा बाग्लुङ्ग गैरागाउँ–काठमाडौं विश्वकर्मा समाजको आजिवन सदस्य भेला तथा प्रथम अधिवेशन पनि गरिएको थियो । अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नारायण विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा सूर्य प्रसाद विश्वकर्मा, उपाध्यक्षमा सरोज विश्वकर्मा, महासचिवमा रामप्रसाद विश्वकर्मा, सचिवमा भुपेन विश्वकर्मा, कोषाध्यक्षमा तिलक विश्वकर्मा, सहकोषाध्यक्षमा सचिन विश्वकर्मा सर्वसमत चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा लालबहादुर विश्वकर्मा, हिमबहादुर विश्वकर्मा, शान्तिदेवि विश्वकर्मा, रमेश विश्वकर्मा, विरेन्द्र विश्वकर्मा, प्रविन विश्वकर्मा, विपिन विश्वकर्मा, विशाल विश्वकर्मा चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष क्याप्टेन रामकृष्ण सुनारले २ वर्षको अवधिमा भए गरेका कामको प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा राजन विश्वकर्मा, नारायण विश्वकर्मा, कानुनी सल्लाहाकार धनकाजि विश्वकर्माको शुभकामना मन्तव्य रहेको थियो भने सचिव राम विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया