विदेशबाट सिटी एक्स्प्रेसमा पठायको पैसा सिधै आइएमई पे वालेटमा पाइने

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विदेशबाट सिटी एक्स्प्रेसमा पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

सम्झौतामा ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा आफन्तहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ सेवा थपिएको हो । सो सुबिधा केही समय पछि आइ एम इ पे कार्यक्रम मर्फत जानकारी गर्दै लागु हुनेछ । ग्राहकहरुले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सकिनेछ ।

आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय