संसद भवनअगाडि एक व्यक्तिले गरे पेट्रोल खन्याएर आफैँलाई जलाउने प्रयास

काठमाडौंँ- संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैलाई आगो लगाएर जलाउने प्रयास गरेका छन् ।
बानेश्वरबाट तीनकुने मार्गकाे मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाह गरेका थिए ।यतिबेला उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल किर्तिपुर लगेका छन् ।

प्रतिक्रिया