काठमाडौं - आज चैत १० गते, बिहीबार, नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ। यस अघि कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेको थियो।