एक अर्वको अर्को ठूलो आईपीओ आँउदै

काठमाण्डौ - नेपाली शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ सार्वजनिक हुनेक्रम जारी छ । करिव ७ अर्व हाराहारीमा प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । यसै विच अर्को कम्पनी पनि थपिएको छ । 

जलविद्युत कम्पनीका अग्रणी पिपुल्स हाइड्रोपावर कम्पनीले पनि एक अर्व हाराहारीको शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्काशन गर्ने भएको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया