काठमाडौ - नेपालमा अहिले पूँजी जुटाउने सजिलो माध्यम बनेको छ प्राथमिक शेयर । सर्वसाधारणको पनि व्यापक चासो र आकर्षणका कारण कम्पनीहरु यस प्रति चासो राखेका हुन् ।
यसैबीच आइपीओ निष्कासन गर्ने कम्पनीको सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ । कम्पनी हो, महालक्ष्मी लाइफ । आईतबार आफ्नो साधारण सभाले आइपीओ निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सको सभाले पूँजी बृद्धिका लागि आईपीओ सहितका योजना अगाडि ल्याएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५ अर्ब गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलिको प्रस्तावित संसोधनका बारे अख्तियारी संचालक समितिलाई दिईने निर्णय गरेको हो ।