शेयर बजार दिर्घकालीन उकालो लागेको संकेत,सोमबार कारोबार रकम र नेप्से दुवैमा रौनक

काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से ३२ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि औषतनै रहेको छ । आज ४ अर्व ५३ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

केहि दिन यता शेयर बजारमा रौनकता फर्किएको लक्षण देखिएको छ । बजार एकोहोरो बढिरहेको छ भने लगानीकर्ता पनि संम्यम देखिएका छन । आज २३० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा मध्य भोटेकोशीको कम्पनीको सर्किट सहित १ सय १४९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य घटेको छ । साथै लगातार हिमालयन डिष्टीलरीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्रि भएको छ । 

आज नेप्सेसँगै अन्य सूचकहरु समेत हरियो भएका छन भने उपसूचकमा लद्युवित्तको सूचक सबै भन्दा धेरै बढेको छ । साथै उत्पादन सूचक भने आज सामान्य घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय