काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । आज नेप्से करिव ०.२४ अंकले बढेको छ । सोमबार बजार बढेरै बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने निकै न्युन भएको छ । आज केवल दश कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ४ लाख ६२ हजार भन्दा धेरैको कारोबार भएका छ । खरिद विक्री हुने मध्यमा २ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीकै शेयर मूल्य यथावत रहेको छ ।
आज चन्द्रगिरी र मानुषी लद्युवित्तको शेयर खरिद शेयर मूल्य मात्र बढेको छ ।