काठमाडौं महानगरपालिकाले २५ अर्ब ६३ करोडको बजेट सार्वजनिक गर्‍यो, गरिबी निवारणमा जोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बजेटका मुख्य विशेषताहरु:

  • आर्थिक विकास: १९ करोड ९ लाख (०.७९%)
  • कार्यालय सञ्चालन तथा प्रशासन: ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार (१४.४४%)
  • पूर्वाधार विकास: १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार (६१.२०%)
  • सामाजिक क्षेत्र: ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार (१५.७५%)
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: १ अर्ब ८९ करोड २१ लाख ३० हजार (७.८२%)

बजेटका मुख्य प्राथमिकताहरु:

  • स्थानीय स्रोत र साधनको अधिकतम परिचालन
  • गरिबी निवारण
  • महानगर गौरवका ११ वटा आयोजना
  • आर्थिक विकास
  • पूर्वाधार विकास
  • सामाजिक क्षेत्र
  • सुशासन
  • सञ्चित कोषबाट खर्च हुने रकम: २४ अर्ब २० करोड ६३ लाख २५ हजार
  • जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी: १ अर्ब ५० करोड
  • आन्तरिक स्रोतबाट स्रोत व्यवस्थापन: १९ अर्ब १५ करोड ६६ लाख
  • संघीय सरकारबाट आउने सशर्त अनुदान: १ अर्ब ४५ करोड
  • प्रदेश सरकारबाट अनुदान: ४ करोड ४७ लाख

प्रतिक्रिया