काठमाडौं - फागुन १२ गते, रत्नगर नगरपालिका–१० स्थित विद्यालयकाे हाेस्टलमा १४ वर्षीय शालिनकाे शवसँगै प्राप्त सुसाइड नाेट बालिका आफैले लेखेको पुष्टि भएको छ ।
विधि विज्ञान प्रयोगशालाले शालिनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर र घटनास्थलमा भेटिएको सुसाईड नोट ‘कमन अथर’ भएकाे पुष्टि गरेकाे हाे ।
यसअघि, मंगलबार दिउँसो पशुपति आर्यघाटमा शालिनका परिवारजनले उनकाे अन्त्येष्टि गरिसकेका छन् ।
पछिल्लाे समय देशभरमा चितवनको शिशु निकेतन विद्यालयभित्र एक विद्यार्थी मृत भेटिएकाे विषयलाई लिएर चर्काे विवाद चलिरहेकाे छ ।
शालिन पोखरेलको मृत अवस्थामा भेटिएपछि परिवारजनले बलात्कार पछिकाे हत्या भएकाे बताउँदै आएको थियो । तर आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपाेर्टले भने बलात्कार नभएकाे पुष्टि गरेको थियाे।