काठमाडौंँ - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाकाे १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको हो । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि सिवाईसीएल (CYCL) सिम्बाेल प्राप्त गरेको छ ।
संस्थाले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।