काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से प्रिओपन सेसनमा २ अंक भन्दा धेरैले बढेको छ । बिहीवार पनि नेप्से दोहोरो अंकले बढेको थियो ।
योसँगै समग्र बजार २१३० विन्दुमा पुगेको छ । यो सेसनमा आज १५ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने यथावत रहेको छ ।
८ लाख ८५ हजारमाथि शेयर किनबेच हुँदा नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ ।