खातामा पैसा छ ? एकै पटक आउँदै छन् यतिधेरै आइपीओ

काठमाडौं - नेपालमा अहिले प्राथमिक शेयर खाता खोल्नेको संख्या ५० लाख माथि पुगिसकेको छ । लगानीकर्ताको रोजाइमा रहेको प्राथमिक शेयर आइपीओ भर्नेको संख्या नै २७ लाख हुने गरेको छ । 

प्राथमिक शेयरमा लगानी गर्नेहरूको लागि खुसीको खबर छ । धितोपत्र बोर्डले आइपीओलाइ धमाधम अनुमति दिने भएको छ । हप्तामा १/२ कम्पनीलाई अनुमति दिने गरी बोर्डले काम गरिरहेको छ । 

आईपीओ कै कुरा गर्नुपर्दा हाल विभिन्न २६ वटा कम्पनीहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण सेयर (आईपीओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

सेबाेनका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण शेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् ।

फागुन २३ गते, साेमबार सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक सन्देशले राखेको जिज्ञासामा उहाँले भन्नु भयो “आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ ।”

“अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ ।“कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।”

कुन-कुन हुन त पाइपलाइनमा रहेका २६ कम्पनीहरु ?

१. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड । २. रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । ३. थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेड । ४. कुथेली बुखरी स्मल हाइड्रोपावर । ५. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ।

६. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड । ७. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड । ८. साञ्जेन जलविद्युत । ९. इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड । १०. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड ।

११. रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड । १२. पिपुल्स पावर कम्पनी लिमिटेड । १३. डिस मिडिया नेटवर्क लिमिटेड । १४. आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । १५. मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड ।

१६. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड । १७. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड । १८. दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड । १९. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड । २०. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड

२१. उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड । २२. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड । २३. राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड । २४. रिभर फल्स पावर लिमिटेड । २५. सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड । २६. श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड

 

प्रतिक्रिया