काठमाण्डौ । यसो त दैनिक ४ देखि ५ जना नेपालीको शव नेपालमा आइपुग्छ । धन कमाउने सपना देखेर परदेश पसेका धेरै नेपालीको यसरी सपना चक्नाचुर हुने गरेको छ ।
यस्तै आफ्नो सपना पुरा गर्न नपाई सिरहाका ४८ बर्षीय बिन्देश्वर महराको साउदीमा निधन भएको छ । उनी एक दुई दिनमै नेपाल फर्किने तयारीमा थिए ।
विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ सकेर अब घर फर्कने तयारीमा थिए । तर उनको परिवारले अचानक निधनको खबर सुन्नुपरेको छ । परिवारको साथमा खुसीको दिन विताउने सपना बोकेका महरा कहिल्यै नफर्कने गरी साउदीमै अस्ताएको उनका ज्वाइँ सञ्जयले जानकारी दिए ।
उनलाई उच्च र क्त चापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।
महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि को रोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । महराकाका श्रीमती, ३ छोरी र १ छोरा छन् ।