काठमाडाैं - अविरल वर्षाले नागढुंगास्थित सुरुङ मार्ग नजिकै लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण सडक दुबै तर्फबाट बन्द भएपछि सवारी साधन र यात्रुहरू बीच बाटोमै अड्किएका छन्। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ भनी प्रहरीले जानकारी दिएको छ।
यसैबीच, देशका धेरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जसले गर्दा सर्वसाधारणको आवतजावतमा कठिनाइ थपिएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा व्यापक वर्षाको सम्भावना रहेको जनाएको छ।