काठमाडौं - नेपाली शेयर बजारसँग सम्बन्धित विचार राखेर सबै माझ चर्चामा आएका शेयर लगानीकर्ता नबजार दहालले शेयर बजार सबैको पहुँचमा पुग्नु पर्ने विचार राख्नु भएको छ ।
"आजको चुनौती भनेको लगानीकर्तामा ज्ञानको कमि छ" यहाँको भनाइ छ । समसामयिक विषयमा उहाँले राखेको विचार जस्ताको यस्तै
मेरो एउटा सपना छ ... केहि कुरा सोचेको छु .... अरुले गरेनन भन्ने मात्र हैन मैले केहि गर्नुपर्छ भन्ने मान्यता राख्छु .... अरुको आलोचना गर्न सजिलो हुन्छ तर आफु अनुसासित बन्न धेरै गाह्रो छ ....
मैले देखेको सपना ठुलो छैन .. हरेक नेपालीको पहुचमा सेयर बजार पुग्नुपर्छ .... जसले सेयर बजार के हो बुझेकै छैन उसलाई प्राथामिक सेयर भर्न सिकाएर बजार प्रबेस गराउनु पर्छ .... प्राथामिक सेयर भर्न जानेका लगानीकर्तालाई दोश्रो बजारमा प्रबेस गराउनु पर्छ ....
आजको चुनौती भनेको लगानीकर्तामा ज्ञानको कमि छ... सेयर सिक्षा प्रदान गर्ने कुनै क्रियाकलाप छैन ..... कसैलाइ आउनुस सेयर बजारमा ढुक्क भएर लगानी गर्नुस भन्ने बाताबरण छैन .....किनकि यहा नीति नियम कानुन छ तर पालना गर्ने गराउने कोहि छैन ... जसले जे मन लाग्यो त्यहि बोल्छन ....गर्न नहुने क्रीयाकालाप पनि गर्छन .... जान्नेले नजान्नेलाइ फसाउन लाग्छन ....यस्तो अबस्थामा अरुको गुनासो सुन्नु बाहेक अरु केहि छैन... किनकि म आफैभित्र धेरै गुनासाहरु छन ... यो सबै हुनुको दोस नियमन कारी निकाय प्रभाकारी नहुनु नै हो भन्दा सायद म गलत हुन्न होला ....
अरुले के के गरे भन्ने भन्दा पनि मैले के गरे भन्ने नजर वाट हेर्दा म एक सामान्य नागरिक ....सामान्य लगानीकर्ता मैले गर्न त के नै सक्छु र ... मेरो कुरा सुन्नेलाइ बोलेर सुनाउने ... मैले लेखेको पढ्नेलाइ लेखिदिन्छु ... त्यो भन्दा माथिको पहुच म सग छैन .... म एक भूइमान्छे हौ .... संघर्स गर्दै छु .... अरुलाई पनि संघर्स गरेर सक्षम बन्नुस भनेर चिच्याइ रहेको छु ......
कहिले काही बिचार आउछ... के उद्योगले तिरेको कर राज्यको लागि कर हुने अनि पुजी बजार चै सरकारको आयोश्रोत हैन होला त ? ... के म पुजी बजार प्रबेस गरेर गलत कार्यमा लागेको हौ त ? .....के पुजी बजारमा लाग्नु गलत हो त ? ....सरकारको प्राथमिकतामा पुजी बजार नपरेको महसुस किन मलाइ मात्र भएको होला ?... जस्ता प्रश्नले सताउछ .....फेरी सोच्छु हैन हामीले प्रयास गर्नु पर्छ प्रयास पछी नै सुधार आउने हो ....अनि आफ्नो अभियान अगाडी बढाई रहन्छु ....
एउटा सानो प्रयास गरेको छु .... सबैलाइ एक ठाउमा जोड्ने भाइबर कम्युनिटी बनाएर कुराकानी गर्ने जान्नेले नजान्नेलाई सिकाउने ... यो बाट केहि लगानीकर्ता लाभाम्बित पनि भएका छन... केहि ग्यान हासिल गरेका छन ....यो भाइबर कम्युनिटीमा सबै बर्गका मान्छे छन् ... हुन त अहिले विभिन्न ग्रुप बनाएर अरुलाई गलत सन्देस दिने बिकृति रोक्नु पनि आजको ठुलो चुनौती छ.... तर पनि यो कम्युनिटीलाइ अलि फरक बनाएर एक एर्कामा सहयोग पुगोस भन्ने मेरो चाहना हो .......
भबिस्यमा के होला त्यो त भन्न सकिन आज आफ्नो तर्फबाट एकोहोरो लागेको छु सफल असफल भबिस्यले बताउला .........
सेयर शिक्षा प्रदान तथा सेयर बजार सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गर्ने उदेस्यले बनाएको भाइबर ग्रुपमा सहभागी हुनुहुन्छ भन्ने आसा लिएको छु .. यदि ज्वाइन हुन चाहनुहुन्छ भने ज्वाइन गर्नु होला ... धन्यबाद
नबराज दहाल