काठमाण्डौ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा ग्रिन भेन्चर्स लिमिटेडको लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ ।
नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि GVL सिम्बोल पाएको छ ।
स्टकका अनुसार कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर सूचिकृत भएको हो । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।