पहिरोमा परि ज्यान गुमाउने कलिला मुनाहरु यिनै हुन्

गुल्मी - गुल्मीमा पहिरोमा परि एकै परिवारका ३ दिदि बहिनीको ज्यान गएको छ । 

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो । 

परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय