काठमाण्डौ । मंगलबार बजार मापक परिसुचक नेप्से २ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । सोमबारको तुलनामा आज बजार केहि सम्हालिएको देखिएको छ भने कारोबार रकम निरन्तर ओरालो लाग्दै छ । आज ३ अर्व हाराहारीको शेयर खरिद विक्री भएको छ ।
आज कारोबार भएका २२५ कम्पनीहरुमा ८५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज विकास बैक र गैर जीवन विमा समूह सबै भन्दा धेरै बढेको छ भने जीवन विमा समूह सबै भन्दा धेरै घटेको छ । आज न्यादी र सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ । त्यस्तै महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।