आज शेयर बजार बन्द

काठमाडौं - नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

यो सँगै आईतबार शेयर बजार पनि बन्द हुने छ । राष्ट्र बैंकका गभर्नर अधिकारीको निलम्बन पछि शेयर बजार केही माथि जाने धेरैको अपेक्षा रहेको छ । 

आजको बजार बन्दलाई लिएर धेरै लगानीकर्ताहरुले दुःख समेत व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा गभर्नरको निकम्बनलाई लगानीकर्ताहरुले सकारात्मक लिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय