फेरि बढ्यो इन्धनको मूल्य

काठमाडाैं - नेपालमा इन्धनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

प्रतिक्रिया