साल्ट ट्रेडिङको साधारण सभा सम्पन्न, २० प्रतिशत बोनस शेयर दिने


काठमाडौं–साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कर्पोरेसनको मंगलवार सम्पन्न ५४ औं वार्षिक साधारणसभाले यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वापत रु.९६ लाख एक हजार दुई सय ३० र तीन करोड ८४ लाख चार हजार नौ सय २० बराबरको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।


कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ९ अर्व ७४ करो रुपैयाँको कारोबार गरेको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७६।०७७ मा कुल मुनाफा १ अर्व ७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । 


कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५४ औं वार्षिक प्रतिवेदनका साथै २०७७ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न क्रियाकलाप बारेमा छलफल एवं समिक्षा  गरी आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।


साधारण सभामा सञ्चालक समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन सक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताए । दशैं, तिहार, छठ जस्तो चाडपर्वमा सुुपथ मूल्यका पसल संचालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको बताए ।

साल्ट टे«डिङ्ग कर्पोरेशन गरेका मुख्य काम

–नेपाल सरकारको नीति अनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन संचालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरेका छौ । यस कार्यक्रमबाट आगामी दिनमा दुर्गम क्षेत्रका आम उपभोक्ताहरुको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ । ल्म्ज्क् २०१६ को प्रतिवेदन अनुसार नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले उचित मात्रामा आयोडिनयुक्त नून प्रयोग गरेको पाइएकोले नेपालले ग्क्क्ष् लक्ष्य पुरा गरेको छ । 

–नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेशनलाई प्राप्त हुने रकमबाट युरिया, डिएपी, पोटास मल बाहेक अन्य क्ष्ँेत्रका किसानहरुलाई समेत सहज रुपमा थप प्रकारको गैर अनुदानित रासायनिक मलहरु सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेट समेत आयात गरि बिक्री वितरण गर्दै आइरहेको छ । 


–नेपाल सरकारको नीतिको अवलम्वन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न प्रमुख आवश्यकता रहेको छ । सोको लागि नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरण तर्फ उन्मुख रहेका छौ । 

–एकीकृत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित वस्तीको विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेड मार्फत चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिक्री वितरण शुरु गरेको छ । 

–कर्पोरेशनले नेपाल सरकारबाट सुम्पिएको दायित्व पूर्ण सक्रियताका साथ सम्पन्न गर्दै आएको र भविष्यमा पनि गर्दै जाने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय