काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १३८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ११८३ र एन्टिजेन परीक्षणबाट २०३ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ९ हजार २५१ परीक्षण भएको छ ।यसमा पीसीआर परीक्षण ६ हजार ४४३ र एन्टिजेन परीक्षण २ हजार ८०८ भएको छ । २४ घण्टामा ८ हजार ७०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ ।