काठमाण्डाै - झापाकाे चीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । प्रबन्ध निर्दशक आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो ।
आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलकाे प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताउनुभयो।
ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन्।
२०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको याे उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो।
आगलागीबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।