नेशनल लाइफ इन्स्योरेन्सले बोनस सेयर दिने


काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने भएको छ । कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । को साधारण सभा प्रयोजनको लागि आज एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

नेप्सेले सेयर मूल्य पनि समायोजन गरेको छ ।  नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम सेयरमूल्य  १ हजार २० को आधारमा १९ प्रतिशत बोनस सेयरपछिको मूल्य ८५७.१४ तोकेको हो। 


कम्पनीको पछिल्लो ५२ हप्तामा १३४६ रुपैयाँसम्म अधिकतम कारोबार भएको थियो। भने न्युनतम ७८० रुपैयाँ रहेको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ  भने बजार पुँजीकरण ३४ अर्ब रुपैयाँ पुगेको छ । 
 

प्रतिक्रिया