गाडी भाडा फेरि बढ्यो,अब चढने बित्तिकै २० तिर्नु पर्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । नयाँ भाडादरअनुसार अब बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातमा चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्छ । प्रदेशले ५ किलोमिटरलाई २० रुपैयाँ भाडा तोकेको छ ।

त्यस्तै, १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ पुगेको छ । प्रदेशले १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ पुर्याएको छ । यातायात व्यवसायीले २० किलोमिटरसम्म यात्रु चढेमा ३३ रुपैयाँ र २० भन्दा माथि ३८ रुपैयाँ भाडा लिन पाउनेछन् ।

यस्तै, ट्याक्सीको हकमा प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय