पुषको अन्तिम हप्ता लगानीकर्ता खुसी,अर्धसतक भन्दा धेरैले बढ्यो बजार

काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक ५४ अंक भन्दा धेरैले बढेर समग्र बजार २८५७ बिन्दुमा पुगेको छ । 

नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेर ६ अर्ब ६६ करोडमा आएको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा सबै उपसुचकमा हरियाली छाएको छ । 

आज खरिद बिक्री भएका शेयर मध्य १७९ कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ भने बाकी कम्पनीहरूको घटेको छ । ३ कम्पनीहरूको शेयर मूल्य सर्किट लेबलमा कारोबार हुँदा उपर तामाकोशी कम्पनीको शेयर सबैभन्दा धेरै खरिद बिक्री भएका छ । 

 

 

 

 

प्रतिक्रिया