मंगलबार घट्यो सुनको मूल्य

काठमाण्डु । मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्य स्थिर छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया