वानको पहलमा बागमती प्रदेश सरकारले दियो इजाजत र लाईसेन्स नविकरणमा पूर्ण छुट,समय पनि एक महिना थप

काठमाणडौ । बागमती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाट सम्म क्षमता भएका रेडियोहरुको नविकरणमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ । 

स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)का उपाध्यक्ष उज्वल चौलागाइले दिएकाे जानकारी अनुसार आफुहरुको माग सरकारले सम्बोधन गरेको साथै समय समेत एक महिनाको लागि थप गरेको बताउनु भयो । 

चौलागाईले केहि दिन अघि नविकरण छुटको माग राख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई भेटी ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । सोहि अनुरोधलाइ मध्यनजर गर्दै प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदले छुटको ब्यवस्था गरेको हो । यो छुट बागमती प्रदेशमा रहेका एक हजार वाट सम्मका रेडियोहरुलाई लागु हुने छ । बजेट भाषण मार्फत रेडियो इजाजत र लाईसेन्स नविकरणमा पूर्ण छुट तथा रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णय गरेको केन्द्र सरकारले आजको मिति सम्म पनि यसको कायान्वयन गर्न सकेको छैन । पुस मसान्त सम्म रेडियो इजाजत लाईसेन्स नविकरण नगरे अनुमती पत्र खारेज हुने प्रावधान छ । 

प्रदेश सरकारको यो निर्णयले बागमती प्रदेशमा रहेका १ सय हाराहारीका रेडियोहरुले माघ महिना सम्ममा नविकरण गर्ने अवसर पाउने छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय