कोभिड प्रभावितलाई पुनरकर्जा दिने तयारी, राष्ट्र बैंकद्वारा आवेदन आह्वान


काठमाडौं-नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित ऋणीहरु सँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेको छ ।  राष्ट्र बैंकले ऋणीहरुलाई आफुले ऋण लिएको बाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरु मार्फत कार्तिक १४ गतेदेखि मंसिर १९ गतेसम्म आवेदन पेश गर्न सार्वजनिक सूचना आह्वान गरेको हो ।


आवेदनको आधारमा राष्ट्र बेंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान पुनरकर्जा उपलब्ध गराउनेछ । राष्ट्र बैंकबाट “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधन सहित)” को बुदा नं. ९ (१) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि सूचना जारी गरेको हो । राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित ऋणहरुको वर्गिकरण गरेको छ । सोहि वर्गिकरणमा परेका ऋणीले आफ्नो वर्ग अनुसार आवेदन दिन सक्ने छन् ।
कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित ऋणी

(अ) अति प्रभावित क्षेत्र
१. पर्यटन

(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर याटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
२. हवाई तथा पर्यटकीय यातायात
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वाकर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु (एभचष्कजबदभि नययमक) जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण     
७. कुखुरापालन व्यवसाय

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक
११. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
१२. यात्रुवाहक स्थल यातायात
१३. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
१४. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
१५. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
(आ) मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम ÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय
२. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
३. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
४. वन तथा खनिजजन्य उद्योग

५. निर्माण व्यवसाय
६. औषधि उत्पादन
७. छपाइ, प्रकाशन तथा संचार गृह
८. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
९. ढुंगा, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय
४. आवेदन दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातः
(क) नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधन सहित) अनुसुची १ बमोजिमको ढाँचाको आवेदन ।
(ख) इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय ।m
(ग) ग्राहक ऋणीको विवरण (यस बैंकको च्भउयचतष्लन एयचतब िमा तोकिएको ढाँचामा)।
५. आवेदनको लागि पालना हुनुपर्ने अन्य शर्तहरुः
(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) हाल एकमुष्ट पुनरकर्जा उपयोग गरिरहेका ऋणीहरु यस आह्वानमा पुनःआवेदन दिन योग्य हुने छैनन्।
(ग) एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक ÷ वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।

(घ) पुनरकर्जाको लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदनगर्नु पर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ÷ ऋणी समेटिएको हुनुपर्ने ।      
(च) आवेदन पेश गर्ने बैंक÷वित्तीय संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने ।     
६. आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिनेछ ।
७. रितपुर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार गरिने छैन ।
८. इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको बैंकको सम्बन्धित शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुहुन समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय