करेन्ट लागेर दुई बच्चा सहित ११जनाको मृत्यु

भारतको तमिलनाडु राज्यस्थित तंजावुर जिल्लामा निकालिएको एक रथ यात्राको क्रममा रथमा करेन्ट लागेसँगै दुई जना बच्चासहित ११ जनाको मृत्‍यु भएको छ भने १५ जना गम्भिर घाइते भएका छन् ।

भारतीय संचार माध्यमहरुले जानकारी गराए अनुसार रथले सडक छेउमा रहेको हाइ भोल्टेज तारलाई छुँदा सो घटना घटेको हो ।

घटनामा स्थानीय प्रहरीले घटनाको बारे थप अनुसन्धान भइरहेको जनाएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले दुस्ख व्यक्त गरेका छन् ।

यस्तै तमिलनाडुका मुख्य मन्त्री एमके स्टालीन घटनामा दुख व्यक्त गर्दै मृतकका परिवारलाई ५ लाख भारु र घाइतेहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय