काठमाडौं–एकै कार्यकालमा तीन वटा अध्यक्षले नेतृत्व चयन गर्ने गरी गैर आवासीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन सम्पन्न भएको छ । महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । एनआरएनएको विधानमा एकै कार्यकालमा तीन वटा अध्यक्षको व्यवस्था गरिएको छ ।
बाँकी रहेको १८ महिने कार्यकाल मध्ये पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने गरी नेतृत्व चयन गरिएको हो ।
त्यसैगरी, उपाध्यक्षमा भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।
त्यसैगरी, महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी चयन भएका छन् । सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, एनआरएनएको कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी रहेका छन् । महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा, युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा , प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्षहरुलाई निवर्तमान अध्यक्ष कुमार पन्तले पद तथा गोपनियताको सपथ खुवाएका थिए । एनआरएनए सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।