काठमाडौं । पछिल्लो समय शेयर बजार ओरालो लागेसँगै यसको चासो र चर्चा पनि कम भएको छ । तर नयाँ कम्पनीको शेयरको मालिक बन्ने अबसर भने आइनै रहेका छन ।
यसैबीच हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड आइतबारबाट शेयर लिलामी विक्री खुल्ला गरेको छ । कुल ३ करोड कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । असार १९ गतेसम्म लिलामी बोलपत्र पेश गर्न सकिनेछ ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन ।