रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - चितवनकी सुजिता भण्डारीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
नाताले दाई पर्ने सँग प्रेममा रहेकी भण्डारीले बिहे गर्न नपाएको झोकमा आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले भण्डारीसँग प्रेमम रहेका युवालाई समेत नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ ।
सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ ।
लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।