काठमाडौं - नेपालले यतिबेला चरम आर्थिक संकट भोगिरहेको छ । तरलता अभावले बैंकहरुमा लगानी गर्ने पैसा समेत छैन । तर पछिल्ला दिन भने निक्षेप संकलनमा केही सुधार देखिएको छ ।
शुक्रबार एकदिनमै १२ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । करिब ९१ प्रतिशत हाराहारीमा पुगेको सिडी रेसियो केही तल आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १० गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र ९ गते, बुधबार बैंकहरूकाे निक्षेप ४३ खर्ब १३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप १२ अर्बले बढेकाे हाे । यसै अवधिमा कुल निक्षेप पनि १३ अर्बले बढेर ४८ खर्ब ९५ अर्ब पुगेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी एक अर्बले बढेर ४१ खर्ब ६७ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.९६ प्रतिशतबाट घटेर ९०.७५ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अहिले सुधार अल्पकालीन सुधार भएको कारण यसलाई प्रभाव शेयर बजारमा भने नदेखिने धेरैको बुझाई छ ।