नमस्ते पेले ८ करोडको आईपीओ निष्कासन गर्ने


काठमाडौं– नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी ‘नमस्ते पे’को आईपीओ निष्कासन हुने भएको छ ।  राष्ट्रिय वाणिज्य बैंकको सह–प्रवर्द्धकले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने जनाएको छ । सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । ४० करोडको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने योजना रहेको छ ।


भुक्तानी सेवाप्रदायकले २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नैपर्ने व्यवस्था अनुसार आईपीओ निष्कासन गर्ने योजना रहेको एनडिपिसीका सिइओ केपी भण्डारीले बताए । आईपीओ जारी गरे पछि सबैको स्वामित्व हुने भएकाले आईपीओ जारी गर्ने योजना बनाएको हो । 

प्रतिक्रिया