काठमाडौं - खराब सडकका कर्ण नेपालमा दैनिक सवारी दुर्घटना बढिरहेका छन् । यसैबीच गोरखामा पनि सवारी दुर्घटना भएको छ ।
गोरखाको सिरानचोक मा जन्ती बोकेको जीप दुर्घटना हुँदा सवार ३ जनाको ज्यान गएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती लिएर आएको बा १४ च ७८१ नम्वरको स्करपिओ एक्कासी गुडेपछि सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेका छन् ।
बिहेको माहोलमा खुसी रहेको गाउँमा दुःखद घटना भएपछि पुरै गाउँ नै शोकमा डुबेको छ । जन्ती बनेर गएकाहरू मलामी बनेर फर्किएका छन् ।