सबै वीमा कम्पनीहरुले बोनसमा शेयर दिनु पर्ने

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीकमलाई आईपर्न सक्ने थप जोखिमको बहन गर्न पूँजी कोषलाई सबल बनाउन अर्को व्यवस्था नहुन्जेलको लागि नगद लाभांश वितरण गर्न निर्देशन दिएको हो । यद्यपी बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि लाग्ने नगद लाभांश भने वितरण गर्न पाउनेछन् ।

पछिल्लो समय बीमा समितिले पूँजी बढाउने तयारी समेत गरिरकेका छन् । त्यसको तयारी स्वारुपमा पनि समितिले नगद लाभांश वितरणमा कडाई गरेर बोनस शेयर वितरणमा जोड दिएको हो ।

प्रतिक्रिया