ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाण्डौ । करिव एक महिना पहिला ग्रिसमा भएको दुर्घटनामा ज्यान गुमाउने ४ नेपालीहरुको पहिचना खुलेको छ । 

ज्यान जानेमा  भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।


ग्रिस प्रहरीले मृततको फोटो इनटरपोमा राखेको छ । ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल० मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।


दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय