सोमबार घट्यो सुनचाँदीको मूल्य

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।



आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।



त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।



साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय