रुकुम पश्चिममा प्रेममा परेका जोडी मृत अवस्थामा फेला

सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा एक जोडी घरभित्र मृत फेला परेका छन्। मृत्यु हुनेमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सपना वडा नम्बर ६ की निवासी हुन्। चार दिनअघि लोकेन्द्रले उनलाई विवाह गर्ने भन्दै भगाएका थिए। स्थानीयले खोजी गरेपछि उनीहरू शनिबार बिहान करिब ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका थिए। लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपना भुइँमा मृत अवस्थामा थिइन्।

प्रहरीले जनाएको छ कि लोकेन्द्रको आमा बिरामी थिइन्, र उनका बुबा श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए। यही समयमा घरमा उक्त घटना भएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान आमाबुवा आएपछि मात्र आवश्यक कानुनी प्रक्रिया सुरु गरेर गर्ने बताएको छ।

प्रतिक्रिया